राष्ट्र बैंकको कारबाहीमा परे ६ वटा विकास बैंक र चारवटा वित्त कम्पनी

नेपाल राष्ट्र बैंकले एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि ६ वटा विकास बैंक र चारवटा वित्त कम्पनी कारबाहीमा परेका हुन् । 

कारबाहीमा पर्नेमा विकास बैंकमा कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक, सप्तकोसी विकास बैंक र साल्पा विकास बैंक रहेका छन् ।

त्यसैगरी वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सिडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ ।

कारबाहीमा परेका विकास बैंक र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालू आर्थिक वर्ष ०७९–०८० को पहिलो त्रैमासिक अवधिमा तोकिएको मापदण्ड पूरा नगरेका आधारमा कारबाही गरिएको जनाएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १८:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया