logo-img

नेपालमा धेरै क्रान्ति भए तर देशले अझै राजनीतिक स्थिरता पाएन : प्रथम राष्ट्रपति

पूर्वराष्ट्रपति रामवरण यादवले देशको विकास गर्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । नेपालमा धेरै क्रान्ति भए पनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेको उनले बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेपालका प्रथम राष्ट्रपति यादवले जनताको तहसम्म परिवर्तन नपुगेको बताए । 

‘नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो,’ उनले भने, ‘मैले त्यसमा भूमिका राम्रै निर्वाह गरेँ, तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन ।’ 

प्रतिष्ठानले मीनकुमारी स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेको थियो । सबै पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ छ । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १७:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया