पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलविरुद्ध फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले कासलविरुद्ध ७–० गोल अन्तरको जित निकालेकाे हो ।
पिएसजीको जितमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै, नेयमार र कार्लोस सोलरले एक/एक थपे । खेलमा पिएसजीले २९ औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुआती अग्रता लिएको थियो । ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई दोब्बरको अग्रता दिलाए । ३४ औं मिनेटमा फेरि एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए ।
४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका उनले पिएसजीलाई ४–० को फराकिलो अग्रता दिलाए । ५६ औं मिनेटमा एमबाप्पेकै गोलले पिएसजीले ५–० को अग्रता पायो । ६४औं मिनेटमा कार्लोस सोलरको गोलबाट पिएसजीको अग्रता थप फराकिलो भयो ।
७९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत पाँचौं गोल गर्दै पिएसजीलाई ७–० को फराकिलो जित दिलाए । पेस डे कासलविरुद्ध अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई खेलाइएको थिएन ।
यो जितसँगै पिएसजीले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको छ । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेविरुद्ध खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।