आजकाे माैसम : चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेश केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कारण ती प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

दिउँसो बागमती प्रदेशका उच्च हिमाली भेगमा पनि हिमपात हुने सम्भावना छ । अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ८:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया