नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह दिल्ली गएका छन् । नेता सिंह बुधबार अपराह्न २ बजेर २० मिनेटमा काठमाडौंबाट दिल्लीका लागि प्रस्थान गरेका हुन् ।
सिंह नेपाल एयरलाइन्सको आरए २१७ विमानबाट दिल्ली गएको बताइएको छ । यसअघि प्रधानमन्त्री पत्नी आरजू देउवा दिल्ली गएर गत साता मात्रै फर्केकी थिइन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा नयाँदिल्ली गएकी थिइन् । आरजू स्वास्थ्य उपचारको नियमित फलोअपका लागि दिल्ली गएकी उनी गत साता फर्केकी हुन् ।
नेपालमा निर्वाचन भएर एक्कासि सत्ता समीकरण परिवर्तन भएर कांग्रेस प्रतिपक्षमा पुगेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअघि कांग्रेस नेताको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।