फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ट्रम फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनेछन् ।
मेटाका अनुसार ट्रमाथिको निलम्बन आगामी साता समाप्त हुनेछ । सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।