बढ्यो सुनचाँदीको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ११:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया