क्यानडा अध्ययनका लागि काठमाडौंमा शैक्षिक मेला हुँदै

क्यानडा अध्ययनका लागि लक्षित गर्दै काठमाडौंमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दै छन् ।

यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा  नेपालका तीन विश्वसनीय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्टेन्सी, इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई वन-स्टप साेलुसन दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसँग सहकार्य गरी मेलाको आयोजना गर्न लागिएको हो ।  

जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीले क्यानडा अध्ययनको सिलसिलामा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पिआरको अवसर साथै पछिल्लो समय पिटिईको बारेमा चलेको भ्रमको यथार्थ विश्लेषणका लागि पनि छुट्टै सत्र राखिनेछ ।

मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्लेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाका प्रतिनिधि राम खड्का, धीरज कँडेल, सतीश भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली र सरु आचार्यले विद्यार्थीलाई शैक्षिक कार्यक्रमलगायत विषयमा जानकारी दिनेछन् । 

सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसीआरसीका रजिष्टर्ड कानुनी सल्लाहाकार कृति खड्काले पनि क्यानाडा स्थायी बसोबाससम्बन्धी जिज्ञासाकाे सम्बोधन गर्नेछिन् ।





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १६:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया