मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
ठाकुरले आजै पद तथा गोपनीयताको शपथसमेत लिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए । सिरहा निवासी मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधिश गुणराज ढुंगेलले शपथ खुवाएका हुन् ।
प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।