नाबालिग यौन शोषण गरेको आरोपमा अनाथालय प्रमुख पक्राउ
सांकेतिक तस्बिर

कञ्चनपुरमा  नाबालिग यौन शोषणमा संलग्न रहेको आरोपमा अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

नाबालिका यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए । नाबालिका करणी गरेको आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको हो । चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। 

‘अनाथलयका प्रमुखले पहिल्यैदेखि यस्तो काम गर्दै आएका रहेछन्, एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर आएको हो’, उनले भने। 

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको उनीमाथि आरोप छ ।  





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १७:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया