सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।  

लामिछानेमाथि गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बन गरेको थियो । त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । 

उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबारै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो । तर यता पोखरामा बसेको बैठकले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो । 

निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन । 





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार ६:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया