युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।
युभेन्ट्सको जितमा ४४औं मिनेटमा ग्लेइसन ब्रेमेरले निर्णायक गोल गरे । उनले फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए ।
कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएसँगै युभेन्टसले यस सिजन कम्तीमा एउटा उपाधि भित्राउने सम्भावना जीवित राखेको छ ।युभेन्टसले अब सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।
खेलाडी अनुबन्धनमा आर्थिक अनियमितता गरेको भन्दै इटालियन फुटबल संघले इटालियन सिरी ‘ए’ मा युभेन्टसको १५ अंक घटुवा गरेको थियो । यससँगै ऊ तेस्रोबाट १० औं स्थानमा झरेको थियो ।
अहिले भने युभेन्टस २० खेलमा २३ अंकसहित १३औं स्थानमा छ । युभेन्टसको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा समेत धक्का लागेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।