नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता विवादमा सामान्य प्रक्रियागत त्रुटी भएको बताएका छन् । अध्यक्ष ओलीले लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने बताए । उनले उक्त फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको बताए । उनले प्रश्न गर्दै भने, ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।