सिरी ‘ए’ मा नापोलीको सानदार जित

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा स्पेजियाविरुद्ध ३–० को सानदार जित हात पारेको हो । 

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई र कभिचा केभाराटकेलियाले एक गोल गरे । खेलको ४७ औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७३ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३–० को फराकिलो जित दिलाए । 

योसँगै शीर्ष स्थानको नापोलीले २१ खेलमा ५६ अंक जोडेको छ । पराजित स्पेजिया १८ अंकका साथ १७ औं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार ६:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया