पहिलो सिजनको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) मा नेपालबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको डब्लुपिएलको अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका हुन् ।
नेपालबाट कप्तान रुबिनासहित अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले अक्सनमा नाम दर्ता गराएका हुन् ।
डब्लुपिएललमा प्रत्येक टिमले १८ खेलाडीसम्म खरिद गर्न पाउने छन् । जसमा सात विदेशी खेलाडी हुनुपर्नेछ । सातमध्ये एक एसोसिएट खेलाडी हुनैपर्ने नियम बनाइएको छ ।
त्यस्तै, प्लेइङ–११ मा पाँच विदेशी खेलाडीलाई मौका दिँदा एक एसोसियट खेलाडीलाई समावेश गर्नैपर्ने हुन्छ । यस्तो अवस्थामा अक्सनबाट टोलीहरूले नेपाली खेलाडीलाई पनि अनुबन्ध गर्ने सम्भावना छ ।
१३ फेब्रुअरीमा हुने अक्सनमा कुल १ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन् । पाँच टोलीको प्रतिस्पर्धा रहने प्रतियोगिता ४ मार्चदेखि सुरु हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।