रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा ३०४ मत मात्रै खसेको छ ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा ३ सय ४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको र अब मतगणना कार्य सुरु हुनेछ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। जसअनुसार ३०४ मत खसेको हो ।
उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्।
गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।