logo-img

राष्ट्रपतिको सवारीमा डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बित

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । राष्ट्रपति भण्डारीको सवारीका बेला प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् ।

घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो ।





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया