logo-img

जसपा छिट्टै लुम्बिनी सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

जसपा नेपाल जिल्ला समन्वय समिति, रूपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा सहभागी हुने बताएका हुन् । 

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताए । ‘प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासनबिना सरकार चलाउन कठिन हुन्छ । प्रदेशलाई मजबुत बनाउनुपर्छ,’ यादवले भने । 

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले सङ्घीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बताए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) सँग गठबन्धन नभइ केही सिटमा तालमेल मात्रै भएको पनि बताए । 





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया