रवि लामिछानेविरुद्धको फैसलाले एनआरएनए सशंकित

गैरआवासीय नेपाली संघले नागरिकतासम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेकोप्रति चिन्ता व्यक्त गरेको छ । 

गैरआवासीय नेपाली संघले नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।संघका अनुसार नागरिकतासम्बन्धी कानुन नबनेका कारण धेरै गैरआवासीय नेपाली अप्ठ्यारोमा परेका छन् । 

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउँदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्दा थप जटिल बन्दै गरेको बताइन् । थाापाले रवि लामिछानेविरुद्धको फैसलाले तरंगित र सशंकित बनाएको अभिव्यक्ति दिएकी छिन् । 

गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँद संसदमा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उनको आग्रह थियो । 

संघका अर्का अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक छलाङले विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीको नागरिकताको निरन्तरताले गैरआवासीय नेपालीभन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । 

नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानुनी बाटो नखोलिएकोप्रति उनले ध्यानार्कण गराएका छन् । 





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १५:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया