प्रज्ञा प्रतिष्ठानका नियुक्तिप्रति जसपाको आपत्ति, समावेशी नभएको ठहर

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो । 

सरकारले बिहीबार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिलाई शपथ पनि गराएका थिए ।

जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन् । ‘सविधानको मर्म, भावना तथा समावेशीको सिद्धान्तविपरीत गरिएका नियुक्तिहरुलाई सच्च्याई समानुपातिक समावेशीको मूल मर्मअनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ,’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १६:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया