logo-img

एमाले उम्मेदवारलाई राष्ट्रपति नबनाए गठबन्धनमा क्षति : पद्मा अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति नभए अहिलेको समीकरणमा धेरै क्षति हुने बताएकी छिन् । 

मंगलबार म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन तोडिने बताएकी हुन्।

एमाले गण्डकी प्रदेशकी इन्चार्जसमेत रहेकी अर्यालले भनिन्, ‘सत्ता गठबन्धन तोडिएपछि हुने क्षति प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ। अहिले नेकपा माओवादीले गठबन्धन तोड्ने जोखिम मोल्न सक्ने अवस्थामा छैन ।’

राष्ट्रपतिको सहमतिमा परिवर्तन आए संघीय सरकार, प्रदेशसहित धेरै सहमतिका बाटो बन्द हुने उनको भनाइ थियो । सञ्चारमाध्यम र बाहिर आएजस्तो समस्या सत्ता गठबन्धनभित्र नभएको नेत्री अर्यालको दाबी छ । 

प्रतिनिधिसभाको निर्वाचनअघिको गठबन्धन तोड्न सफल भएकाले अब पनि सहमति बाहिर गतिविधि भए नयाँ समीकरण बन्न सक्ने समेत अर्यालको भनाइ थियो।

गठबन्धनभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएकाले भविष्यमा हुने दुर्घटना रोक्न नेकपा एमालेले रोजेको व्यक्तिलाई नै राष्ट्रपति बनाउने सम्भावना रहेको उनले बताइन्।





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया