१६ वर्षीया किशोरी जबरजस्तीकरणी गरेको युवक पक्राउ

ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खिजीदेम्वा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् । 

उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । किशोरीलाई सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले शेर्पालाई पक्राउ गरेको हो ।  
 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १२:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया