logo-img

मा‌ओवादी र जसपाका नेताहरूबीच सिंहदरबारमा छलफल

राष्ट्रपतिको उम्मेदवारी दिने दिन नजिकिँदै गर्दा चुनावअघि गठबन्धनमा रहेका दलहरु पनि नजिकिन थालेका छन् । सोही क्रममा नेकपा (माओवादी केन्द्र)  र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ। 

माओवादी संसदीय दलको कार्यालयमा छलफल जारी छ । छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। त्यस्तै, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी छन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका  थिए।

बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमतिपछि प्रधानमन्त्री प्रचण्डले आज अरू दलका नेतासँग छलफल गरेका हुन्।

आजै साँझ पुरानो गठबन्धनमा रहेका चार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दै छ। 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया