logo-img

राष्ट्रपतिमा पौडेललाई प्रभु साहको पनि समर्थन

राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतन्त्र सांसद प्रभु साहको पनि समर्थन पाउने भएका छन् । 

साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा)का प्रवक्ता चन्द्रभुषण साहले पौडेललाई मतदान गर्ने निर्णय भएको बताएका छन् । पौडेलले राष्ट्रिय एकताको साझा प्रतीक बनेर देश र जनताको सर्वोपरि हितबमोजिम जिम्मेवारी निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । 

राष्ट्रपतिको निर्वाचनमा आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । 

नेपालको चौथो राष्ट्रपतिका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार २१:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया