logo-img

वैज्ञानिक समाजवादी पार्टी आमजनता पार्टीमा रूपान्तरण, अध्यक्षमा प्रभु साह

प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले संघीय संसद सचिवालाई पत्र लेख्दै गत पुस ३० गते सो पार्टी आयोगमा दर्ता भएको जनाएको हो । 

निर्वाचन आयोगले सो पार्टी आयोगमा दर्ता भएको  जानकारी हालै संसद सचिवालयलाई पठाएको छ ।

‘वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नम्बर १६८ मा दर्ता भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको’ भन्दै आयोगले संसद सचिवालयमा पत्राचार गरेको हो।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार २०:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया