logo-img

प्रहरी समायोजन नगरे सरकार दिर्घकालिन हुँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी समायोजन नगरे सरकार दिर्घकालिन नहुने बताएका छन् । जनकपुरधाममा बुधबार मधेस प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय निजामति ऐन सदनबाट पास गरी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका हुन् । 

उनले वर्तमान सरकारको भविष्य दुईवटा कामले निर्धारण गर्ने बताएका छन् । उनले भने, ‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामति ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारीतन्त्र स्थापना र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने तत्कालको आवश्यकता छ ।’ 

यहि दुईवटा कामले मात्र यो सरकारको भविष्य निर्धारण हुने उनको भनाइ छ । प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र श्रोतसाधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ । उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणली हुनै नसक्ने दाबीसमेत गरे ।  

‘एउटा आर्मीको गार्ड लिएर घुम्नाले सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’ यादवले भने । उनले अब पूर्वदेखि पश्चिमसम्मको मधेसका लागि सर्घष हुनेसमेत बताएका छन् । नेपाल र नेपालीभाषा भन्दा सयौं वर्ष पुरानो इतिहास रहेपनि मिथिला र मैथिली संस्कृती लोप हुदै जानु दुर्भाग्यपुर्ण रहेको उनले बताए । 

प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, अर्थमन्त्री संजय कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, सामाजिक विकास मन्त्रालका सचिव लक्ष्मी भट्टराई, मधेस सरकारका मुख्यन्यायाधिवक्ता विरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादव सहितको उपस्थिती थियो । 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया