कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडानम्बर ६ लालपुरमा से १ क २०४१ नम्बरको स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६५ वर्षीया बाचु बटै आले रहेको बताइएको छ। महिलाको मृत्युपछि पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बस अत्तरियाको साइपाल बोडिङ्ग स्कुलको रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।