logo-img

प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघिको छद्म लडाइँ : मेटमणि

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अहिले मुद्दा हाल्नु भ्रम मात्रै भएको बताएका छन् । 

सर्वोच्चको आदेशपछि प्रचण्डलाई पक्राउ गर्नुपर्ने माग गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सोही विषयमा धारणा राख्दै उनले फेसबुकमा टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघिको छद्म लडाइँ भएको उनको टिप्पणी छ । राष्ट्रसंघको रोहवरमा तत्कालीन नेपाल सरकार र विद्रोहीबीच युद्धकालीन मुद्दा प्रक्रिया मिलाएर टुंग्याउने सहमति भएको भन्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डविरुद्ध सर्वोच्चमा दायर रिट र हुन सक्ने सम्भावना विषय केवल भ्रमित कुरा मात्रै भएको दाबी गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुंगोमा पुगेको विषय हो । हो केही काम बाँकी छ।’

बाँकी काम पनि प्रक्रिया मिलाएर टुंगोमा पुर्‍याउने भन्दै चौधरीले कोही पनि खुसी नहुन आवश्यक नरहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘कस‌ैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौँ र खुसी पनि हुनु जरूरी छैन, यो फगत भ्रम हो । प्रक्रियाले यो टुंगिन्छ । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सी (छद्म) लडाइँ हो।’





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया