दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।
घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आँगनमा श्रीमानसँग श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुईजनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो ।
पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान्–श्रीमती मागेर जीवन चलाइरहेका थिए ।
पीडितले घटनाबारे २७ फागुनमा दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।