तस्करमाथि हवाई फायर गरेर १८४ किलो गाँजा बरामद

सप्तरी प्रहरीले तस्करमाथि हवाई फायर गरेर १८४ किलो गाँजा बरामद गरेको छ ।

प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाडा छतौनीबाट सो परिमाणको गाँजा बरामद गरेको हो । 

तस्करहरु सो गाँजा घोडामा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि छाडेर भागेका थिए । 

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । 

प्रहरीले हवाई फायर गरेपछि तस्करहरुको समूह त्यहाँबाट फरार भएको डीएसपी सिंहले बताए । 

गाँजा तस्करहरुको खोजबिन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १७:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया