बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ ।
बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।
बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।