तीन हेलिकोप्टर पाइलट निलम्बित

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक पाइलटलाई निलम्बन गरेको छ । एयर ट्राफिक कन्ट्रोलर (एटिसी)सँग अश्लील शब्द बोलेको (नेगेटिभ कन्भर्सेसन)को आरोपमा पाइलटलाई निलम्बन गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं–लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकोप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । ‘यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकोप्टरका एक पाइलटले मिस कम्युनिकेसन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको हो ।

त्यसैगरी, उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकोप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकोप्टर उडाएका थिए । 

यी तीनैजना पाइलटलाई अर्को सूचना जारी नभएसम्म हेलिकोप्टर उडाउन नपाउने गरी कारबाही गरेको हो । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २२:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया