वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ताम्राकारको ८६ वर्षको उमेरमा गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन् ।

रेडियो पत्रकारितामा उनको अतुलनीय योगदान छ । ताम्राकारको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ७:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया