logo-img

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । 

नेकपा माओवादी केन्द्रले सरकार छाडेर शुक्रबार मात्रै समर्थन फिर्ता लिएको थियो । त्यसको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताए । राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । 

यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १६:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया