विश्वप्रकाश शर्माले संसदमा राखे यी चार माग
फाइल तस्बिर

संघीय संसद भवन नयाँ बानेश्वरमा जारी संसद बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नापीको काम सुरु गर्नु पर्ने बताएका छन् । उनले देशका अनेकौँ भेगका नागरिकले जग्गा नापी कहिले हुन्छ भनेर सोधिरहेको बताउँदै विभिन्न चार माग समेत राखे ।

यस्ता छन् उनले राखेका चार माग :

१. नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस् । 
२. जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् ।
३. कर समायोजन सँगै लालपूर्जा वितरण अघि बढाइयोस् ।
४. अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १३:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया