logo-img

जावलाखेललाई हराउँदै विराटनगर विराट गोल्डकपको फाइनलमा

विराटनगर सिटी क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गएराति भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै विराटनगर फाइनलमा प्रवेश गरेको हो । 

विराटनगरको जितमा स्टेफन ब्याङगनल र अभिषेक गुरुङले एक/एक गोल गरे । जावलाखेलका हिसुब थपलियाले एक गोल फर्काए । 

गोल्डकपको आज हुने अन्तिम सेमिफाइनलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपिएफबीच प्रतिस्पर्धा हुने छ ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया