युवाको मुख थुन्नु आपत्तिजनक भन्दै शर्माले भने- थुनामा रहेका युवालाई तत्काल रिहा गरियोस्
फाइल तस्बिर

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले मुख थुनेकोमा आपत्ति जनाएका छन् । उनले थुनामा रहेका युवालाई तत्काल रिहा गर्नको लागि प्रधानमन्त्रीलाई पहल गर्नसमेत माग गरेका छन् । 

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘सम्माननिय प्रधानमन्त्रीज्यु ! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न/गराउन अविलम्ब पहलको माग गर्दछु ।’

गतसाता प्रधानमन्त्री सहभागी भएको एक कार्यक्रममा नाराबाजी गरेका तीन जना युवाहरूमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाएको थियो । उनीहरूले पाँच हजार धरौटी तिर्न नमानेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार जेल पठाउन आदेश दिएको थियो ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १२:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया