सत्ता गठबन्धन बैठक : दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन

बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन हुने गरी छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  

मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने उनले बताए । 

लेखकका अनुसार आजै फेरि दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, नेता लेखकले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन लगातार छलफल गरिरहेका छन् । मंगलबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । सो बैठकले पनि मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउन सकेन ।   

गठबन्धन बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालयमा दाबी गरिरहेका छन् ।  त्यस्तै, लोसपाले २ मन्त्रालय माग गरेको छ ।  



राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् ।   



  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १२:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया