बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले पाएका छन् । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया थिए । एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा।डा।नरबिक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।v
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।