logo-img

प्रधानमन्त्रीले तत्काल मिटरब्याजी पीडितलाई भेट्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी पीडितलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् । 

प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे । उनले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए । 

शर्माले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाहरूको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायामा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए । 





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया