logo-img

‘ए’ डिभिजन लिगको १३ औँ चरणसम्मको खेल तालिका सार्वजनिक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौँदेखि १३ औँ चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार १३ औँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।  

छैटौँ चरणका खेल ३० चैतबाट सुरु हुनेछन् । छैटौँ चरणको पहिलो खेलमा संकटा क्लब र एफसी खुमलटार प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन एपिएफ क्लब र नेपाल पुलिस क्लबले पनि खेल्ने छन् । 

पाँचौँ चरणसम्मको खेल सकिँदा लिगका ३५ खेल भएका छन् । यो अवस्थामा रोयल ब्लु सातदोबाटो युथ क्लब शीर्ष स्थानमा छ ।

उसले ५ खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ११ अंक जोडेको छ । पाँचौं चरणको खेल सकिँदासम्म मनाङ र चर्च ब्वाइज अपराजित छन् ।  





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया