logo-img

विराटनगरले ६० वर्षपछि जित्यो विराट गोल्डकपको उपाधि

सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ ।

गएराति सहिद रंगशालामा सम्पन्न फाइनलमा पाहुना टोली भारतको लुका सकर क्लबलाई ४–० गोल अन्तरले हराउँदै विराटनगरले उपाधि जितेको हो । विराटनगरले ६० वर्षपछि उपाधि उचाल्यो ।

यसअघि आयोजक टोलीले २०१९ सालमा उपाधि जितेको थियो । यसपटक विराटनगरलाई उपाधि दिलाउनेक्रममा अफिज ओलवाले, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले एक/एक गोल गरे । खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।  

उनले विमलको पासमा गोल गरेका थिए । ७८ औँ मिनेटमा विमलले पेनाल्टी एरियाबाट गोल गर्दै विराटनगरलाई २–० ले अघि बढाए । ८९ औँ मिनेटमा मेसुकेले गोल गर्दै विराटनगरको अग्रता तेब्बर पारे ।

उनले विमलको पासमा गोल गरे । इन्जुरी समयमा अभिषेकले गोल गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए । उपाधिसँगै विराटनगरले २० लाख १५ हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । फेयर प्लेर अफ द टुर्नामेन्ट अवार्ड जावलाखेल युथ क्लबले प्राप्त गर्‍यो । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ घोषित भए ।  



उत्कृष्ट फरवार्ड अवार्ड भारतका चाजिज क्युराको, उत्कृष्ट मिल्डफिल्डर विराटनगर सिटीका युका सुजुकी, उत्कृष्ट गोलकिपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । 

विराटनगरका देवेन्द्र तामाङले उत्कृष्ट रक्षकको अवार्ड पाए । विराटनगर सिटीका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक छानिए । विधागत अवार्ड पाएकाले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । 



  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया