logo-img

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो तीन दिनमा ६५६ जनाको नमुना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । यही अवधिमा थप सातजना निको पनि भएका छन् ।





  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया