logo-img

हिमालयनलाई हराउँदै चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित हिमालयन शेर्पालाई २–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको खेलमा हिमालयन छैटौँ मिनेटमै १० खेलाडीमा समेटियो । सेन्टर लाइनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि रेफ्री नवीन्द्र महर्जनले डिफेन्डर दिवस उरावलाई रातो कार्ड दिएका थिए ।  

३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै टोलीलाई उपाधि दिलाए । 

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद प्राप्त गर्‍यो । उपविजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँमा चिक्त बुझायो । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर कमल श्रेष्ठ घोषित भए । 

यस्तै, उत्कृष्ट गोलरक्षकमा चर्चकै प्रिसो, डिफेन्डरमा फ्र्यांकलिन टाला, मिडफिल्डरमा सुवास गुरुङ र प्रशिक्षकमा प्रदीप हुमागाईं छानिए । 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया