गगन र विश्वप्रकाशलाई कांग्रेसले बनायाे चुनावी कमाण्डर

नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने भएको छ। प्रतिनिधिसभाका तीनवटा क्षेत्रमध्ये कांग्रेसले दुई​वटा क्षेत्रमा उम्मेदवारी दिने भएकाे छ । 

कांग्रेसले तनहुँ १ र चितवन क्षेत्र नम्बर २ मा मात्रै उम्मेदवारी दिने भएकाे हाे । बारामा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई​ सहयाेग गर्ने भएकाे छ । 

जसअनुसार कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा महामन्त्री गगन थापा र चितवन २ मा अर्का महामन्त्री शर्मालाई चुनावी कमाण्डर बनाएर पठाउने भएको हाे।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार आइतबार बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रद्वय थापा र शर्मालाई उपनिर्वाचनको कमाण्डर बनाएर खटाउने निर्णय गरेको हाे । 

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई​ उम्मेदवार बनाएकाे छ । सोमबार उम्मेदवारहरुको मनोनयनकाे कार्यक्रम छ। 

उम्मेदवारहरुको मनोनयनका लागि महामन्त्री थापा तनहुँ १ मा र अर्का महामन्त्री शर्मा चितवन २ मा जाने भएका छन्।





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार १५:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया