logo-img

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पूरा

कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पूरा भएको छ । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पूरा भएको आयोजकले आज सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । 

प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टिम भिड्नेछन् । 

प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको ‘म्यान अफ द म्याच’लाई ट्रफीसहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 



सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धन गर्न, नगर क्षेत्रमा खेलकूदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा इन्टरप्राइजेजको उत्पादन जगशक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रबर्द्धकमा गौरीगंगा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद, नेपाल टेलिकम रहेका छन् । 



प्रतियोगिताको प्रायोजकहरुमा सिराज इन्टरनेसनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया