logo-img

सोमबार ७६ जनामा कोरोना संक्रमण, २४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरियन्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। सोमबार ७६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिएका छन्।

संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका हुन्। 

उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। सोअनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन बीए दुइटा, ओमिक्रोन बिए २.७६ एउटा, ओमिक्रोन बिए ५ दुइटा भेरियन्ट फेला परेका हुन्। 

त्यस्तै ओमिक्रोन बिए ५.२ दुइटा, ओमिक्रोन एक्सबिबी १.१६ दशवटा, ओमिक्रोन एक्सबिबी १.५ तीन वटा, ओमिक्रोन एक्सबिबी २.६ एउटा र ओमिक्रोन एक्सबिएफ एउटा फेला परेका छन्।



'कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सोमबार ७६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया