logo-img

नेपालमा थप ८० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ४ सय ६६ जनाको पिसिआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पिसिआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया