logo-img

सेती नदीमा हाम फालेकी महिला खोज्दा पुरुषको शव फेला

कास्कीमा सेती नदीमा हाम फालेकी महिला खोज्दा एक पुरुषको शव फेला परेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव फेला परेको हो ।  

अल्का गुरुङ मंगलबार पोखरा महानगरपालिका–१६ दीपस्थित केआइसिंह पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएकी थिइन् । उनको शव खोजी गर्नेक्रममा विश्वको शव फेला परेको प्रहरीले जनाएको छ ।  

उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । हल्काको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार ८:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया