logo-img

‘ए’ डिभिजन लिगमा आज दुई खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् । आज हुने दुवै खेल अपरान्ह २ बजेदेखि सुरु हुनेछन् ।  

एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लब तथा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

अहिलेसम्म मनाङ मर्स्याङ्दीले ५ खेलबाट ११ अंक जोडेको छ । ऊ लिगमा चौथो स्थानमा छ । ५ खेलमा ४ अंक जोडेको फ्रेन्ड्स १२औँ स्थानमा रहेको छ ।

त्यस्तै, खुमलटार युथ क्लबले ६ खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको ११ औँ स्थानमा छ । ६ खेलबाट  १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया